महान्यायाधिवक्ता पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्यूठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल पुस १३ गते बुधबार ।

(सागर आचार्य)

प्रवक्ता