मन्त्रिपरिषद् गठन

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 १. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाई; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण;  शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्‍चार तथा सूचना प्रविधि; सहरी विकासस्वास्थ्य तथा जनसङ्‌ख्या
 २. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
 ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात
४. श्री रबि लामिछाने उपप्रधानमन्त्री गृह
 ५. श्री ज्वाला कुमारी साह मन्त्री कार्यभार पछि तोकिने
 ६. श्री दामोदर भण्डारी मन्त्री कार्यभार पछि तोकिने
 ७. श्री राजेन्द्र कुमार राई मन्त्री कार्यभार पछि तोकिने
८. श्री अब्दुल खान मन्त्री कार्यभार पछि तोकिने

साथै, आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधान मन्त्रीज्यूहरूले र माननीय मन्त्रीज्यूहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०७९ साल पुस ११ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता