बागमती प्रदेशका प्रदेश प्रमुख पदबाट पदमुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख श्री बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ ।

२०७८ भदौ ४ गते शुक्रबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता