बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, संखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

२०७८ भदौ ४ गते शुक्रबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता