न्याय परिषद् सदस्य पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा खनियापानी-९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी (प्र.प.नं. १००) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ ।

(रूपनारायण भट्टराई)

प्रवक्ता