मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री  केपी  शर्मा ओली प्रधानमन्त्री रक्षा 2.               श्री  विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ 3.               श्री रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र 4.              श्री राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास 5.               श्री खगराज अधिकारी मन्त्री गृह 6. श्री शरतसिंह भण्डारी मन्त्री ऊर्जा,  जलस्रोत तथा सिंचाई 7.               श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा,  विज्ञान तथा प्रविधि 8.              Read More …

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा विश्‍व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन परिसरमा वृक्षारोपण सम्पन्न

जेठ २२ गते¸काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व वातावरण दिवस (जुन ५) २०२१ को अवसरमा महाराजगञ्ज स्थित राष्ट्रपति भवन परिसरमा वृक्षारोपण गर्नुभयो । उक्त अवसरमा समी¸पारिजात¸ हर्रो¸ बर्रो¸ हलुवावेद¸ पीस फ्लावर¸ टिमुर लगायतका विभिन्न प्रजातिका वनस्पतिका बिरुवा रोपिएको थियो । यस वर्षको विश्‍व वातावरण दिवसको मूल संकल्प “नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनर्स्थापना” रहेको सन्दर्भमा उक्त वृक्षारोपण कार्यक्रमले राष्ट्रपति भवन परिसर तथा यस वरिपरिको प्राकृतिक वातावरण सन्तुलित तुल्याउदै हरियाली प्रवर्द्धन सहित सौन्दर्यीकरण गर्न सहयोग पुग्ने विश्‍वास गरिएको छ । सम्माननीय राष्ट्रपतिज्यूले विश्‍व वातावरण दिवसको अवसरमा हरेक वर्ष वृक्षारोपण गर्दै आउनु भएको छ ।    

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस,  (जुन ५) २०२१  को शुभकामना सन्देश विश्व वातावरण दिवस (जुन ५) २०२१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्र संघले आव्हान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष हामी पारिस्थितिकीय प्रणाली पुनर्स्थापनाको विषयमा केन्द्रित हुँदै “नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनर्स्थापना” को लागि विश्‍व वातावरण दिवस मनाउन लागिरहेका छौं । आजको दिनलाई हामी सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जल¸ वायु¸ जमिन र जङ्गलसँग Read More …

मौजुदा मन्त्रिपरिषद्‍ नियुक्ति, हेरफेर र कार्यविभाजन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री केपी शर्मा ओली प्रधानमन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; गृह; रक्षा;  वन तथा वातावरण; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि 2. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ 3. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र 4. श्री राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास 5. श्री शरतसिंह भण्डारी मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिँदै त्यसलाई निषेध गरेको छ । तथापि, समाजमा विद्यमान पुरातन सोच, Read More …

उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १ को खण्ड (घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य (लुम्बिनी प्रदेश) उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल जेठ १९ गतेका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेल्जियमका लागि नेपालको आवासीय राजदूत श्री गेहेन्द्र राजभण्डारीलाई लक्जेमबर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (रुपनारायण भट्टराई) प्रवक्ता