उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १ को खण्ड (घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य (लुम्बिनी प्रदेश) उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता