सम्माननीय राष्ट्रपतिज्यूबाट जापानका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर महानगरपालिका (साविक ललितपुर उपमहानगरपालिका -४), ललितपुर निवासी श्री प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता