सम्माननीय राष्ट्रपतिज्यूबाट भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको अवलोकन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज भक्तपुर दरवार स्क्वायर र पाटन दरवार स्क्वायर, ललितपुरको अवलोकन भ्रमण गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले भुकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको हाल सम्म भएका पुननिर्माणको अवस्था ’bout जानकारी लिनुभयो । पुनःनिर्माणको क्रममा नेपालको मौलिकता कायम राख्‍न स्थानिय स्रोत, साधन र सीपको प्रयोग गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो । उक्त अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण एवम् पुरातत्व विभागका पदाधिकारीहरु समेतको उपस्थिती थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता