सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहायबमोजिम गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

तपसिल

सि.नं. राजदूतको नाम गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. इजिप्टका लागि कार्यरत राजदूत श्री झविन्द्रप्रसाद अर्याल मोरक्को अधिराज्य र लेबनान
२. बेल्जियमका लागि कार्यरत राजदूत श्री लोकबहादुर थापा लक्जेम्बर्ग
३. पाकिस्तानका लागि कार्यरत राजदूत श्री सेवा लम्साल अधिकारी इस्लामिक गणतन्त्र इरान
४. दक्षिण अफ्रिकाका लागि कार्यरत राजदूत श्री अमृतबहादुर राई गणतन्त्र जिम्बाबे
५. ब्राजिलका लागि कार्यरत राजदूत श्री ताराप्रसाद पोखरेल अर्जेन्टिना

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता