जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. Chen Song ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भयो ।

२०७९ साल चैत ८ गते बुधबार

(सागर आचार्य)

प्रवक्ता