गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत श्री भरतकुमार रेग्मीलाई ग्रीसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल चैत १३ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता