उपराष्ट्रपति पदमा निर्वाचित प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनमा माननीय श्री रामसहाय प्रसाद यादवज्यू नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो ।

२०७९ साल चैत ५ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता