नवनिर्वाचित राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति नवनिर्वाचित सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूसमक्ष राष्ट्रपति भवनमा एक विशेष समारोहकाबीच राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजैदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको छ । साथै, सोही समारोहमा निवर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले विदाई उपहार प्रदान गर्नु भयो ।   २०७९ साल फागुन २९ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

राष्ट्रपति पदमा निर्वाचित प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा माननीय श्री रामचन्द्र पौडेलज्यू नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल फागुन २६ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा दिनु भएको सन्देश

११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को सन्देश ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना  व्यक्त गर्दछु । अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीहरू संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्दछ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ । यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७९ को शुभकामना सन्देश नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एक–आपसमा अबिर तथा रङ्ग दलेर रमाइलो गर्ने परम्परा रहेको Read More …

नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । २०७९ साल फागुन २१ गते आइतबार । (सागर आचार्य) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ग्रामीण विकास टुकी संघद्वारा आयोजित प्रदर्शनी कार्यक्रममा गर्नुभएको सम्बोधन

बागमती प्रदेश सभाका माननीय सदस्य‚ पूर्व मन्त्री‚ भिमेश्वर नगरपालिकाका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरू‚ टुकी संघका अध्यक्षहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । ग्रामीण विकासको एक फरक अवधारणा सहित दोलखा र सिन्धुपाल्चोक जिल्लामा क्रियाशील ग्रामीण विकास टुकी संघ‚ दोलखा तथा टुकी संघ सुनकोशी‚ सिन्धुपाल्चोकद्वारा आयोजित ‘टुकी प्रदर्शनी कार्यक्रम २०७९’ मा उपस्थित भएर तपाईँहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस क्षेत्रका स्थानीय किसान‚ महिला‚ बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको उन्नयनका लागि अनवरत रूपमा क्रियाशील हुँदै ४५ वर्ष पूरा गरेकोमा म टुकी संघहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । ग्रामीण विकासको ‘टुकी अवधारणा’ अन्तरगत समावेशी सहभागिता‚ समुदाय तहमा Read More …