सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको अधिवेशन आह्वान

आज मिति २०७५ साल बैशाख १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७५ साल बैशाख २३ गते आइतबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता