सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७५ साल बैशाख १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ ।

क्र.सं. अध्यादेशको नाम
१. बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५
२. राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५
३. राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५
४. संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५

(छविन्द्र पराजुली)

प्रवक्ता