सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतको प्रतिनिधिमण्डलबाट भेट

आज मिति २०७५ साल बैशाख ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतको प्रतिनिधिमण्डलले भेट गर्यो । उक्त भेटमा आर्थिक समृद्धिका विषय एवम् निजी क्षेत्र र सरकारबीच सहकार्यमा हुनसक्ने कार्यहरु र सुशासन सहित लगानी अभिवृद्धि र व्यापार प्रवर्द्धन गर्ने वातावरण बनाउने समेतका सम्बन्धमा छलफल भयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूबाट देशको आर्थिक समृद्धि लगायतका विविध विषयमा निजी क्षेत्रको अहम भूमिका हुने उल्लेख गर्नुहुँदै संस्थागत सुशासन कायम गरी देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन, अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ एवम् राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता