सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई सर्वियाका लागि समेत र थाइल्याण्डका लागि नेपाली राजदूत पदमा कार्यरत श्री खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता