सम्माननीय राष्ट्रपतिज्यूसमक्ष साउदी अरेवियाका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि लागि साउदी अरेवियाका राजदूत H.E. Mr. Abdulnaser H. AlHarthi ले विदाई भेट गर्नुभयो । सो अवसरमा साउदी अरेविया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित साउदी अरेविया तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता