सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८१ वितरण समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष माननीय मन्त्री पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष वेदुराम भुषाल पुरस्कृत हुनुभएका स्रष्टा/सर्जक/विद्वतवर्ग, महिला तथा सज्जनवृन्द ! नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता पुष्पलालको नाममा स्थापित पुरस्कार प्रदान गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । सबैभन्दा पहिले म नागरिक स्वतन्त्रताका लागि सदैव आफूलाई समर्पित गर्ने नेताका रुपमा उहाँका योगदानहरूलाई सम्झना गर्दै पुष्पलाललाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तिहरूलाई बधाई तथा उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । पुष्पलाल नेपाली जनताको अधिकारका लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने एक शीर्ष नेता हुनुहुन्थ्यो । उहाँ एक निष्ठावान, ईमान्दार तथा त्यागी नेता हुनुहुन्थ्यो । पुष्पलालले  नेपालको लोकतान्त्रिक आन्दोलनलाई ठूलो योगदान Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले एघारौं चुरे संरक्षण दिवस २०८२ को अवसरमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष माननीय प्रदेश प्रमुख माननीय मन्त्री माननीय राज्यमन्त्री तथा प्रदेश मन्त्रीहरू उपस्थित महिला तथा सज्जनवृन्द ! सर्वप्रथम, एघारौँ चुरे संरक्षण दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै चुरे क्षेत्रको प्राकृतिक स्रोतको दिगो संरक्षण र व्यवस्थापनमा सहभागि हुन सम्पूर्ण नेपालीहरूमा थप प्रेरणा र उर्जा मिलोस् भन्ने कामना गर्दछु । कमलो चट्टानबाट निर्मित चुरे क्षेत्र भौगर्भिक हिसाबले कमजोर छ जसका कारण यो क्षेत्र भू–क्षय, बाढीपहिरो, नदी कटानलगायतका प्राकृतिक प्रकोपहरूबाट अति जोखिमयुक्त र संवेदनशील क्षेत्रको रुपमा रहेको छ । चुरे पहाडको भु–क्षय तथा पहिरोको  कारणले  उत्पन्न बाढीले तराईको उर्वराभूमि  मरुभूमि बन्ने  खतरा बढिरहेको छ । चुरे क्षेत्र तराईको जल Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षता गरिरहनुभएका लोकसेवा आयोगका अध्यक्ष सम्माननीय प्रधानमन्त्री, समितिका माननीय सभापति, संवैधानिक निकायका प्रमुख एवम् आयोगका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, उपस्थित महिला तथा सज्जनवृन्द । देशको पुरानो संवैधानिक निकायका रुपमा रहेको लोक सेवा आयोग ७५औं वर्षमा प्रवेश गरेको अवसरमा आयोग परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त “योग्यता, निष्पक्षता र स्वच्छता” लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय पक्ष हो । आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ता प्रतिको आशा Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले दशरथ रंगशालामा आयोजित पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष, माननीय मन्त्री, राखेपका सदस्य सचिव, खेलाडी भाइबहिनीहरू, प्रशिक्षक र अफिसियसलहरू, उपस्थित सम्पूर्ण खेलप्रेमी महानुभावहरु ! सर्वप्रथम, संघीय प्रणालीअनुरुप विद्यालय तहमा अध्ययनरत १८ वर्षमूनिका विद्यार्थीहरूको खेल कौशल प्रदर्शन गर्ने अभिप्रायले देशैभरिबाट यहाँ उपस्थित हुनुभएका सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शनसहित सफलताको शुभकामना व्यक्त गर्दछु । विद्यालयतहका बालबालिकाको उमेर शारीरिक, मानसिक र बौद्धिक विकासको पहिलो प्रहर हो । भविष्य, संभावना, आकांक्षा र उत्सकुताको अनमोल समय हो । यस्तो कलकलाउँदो उमेरमा खेलकुदमा सहभागी हुनु भनेको शारीरिक, मानसिक, बौद्धिक विकास मात्र होइन अभ्यास, अनुशासन र आचरणका माध्यमबाट आफूलाई अनुभवी बनाउँदै एउटा अब्बल देशभक्त नागरिक बनाउनेतर्फको बाटोमा अगाडि बढाउनु पनि हो । बालबालिकाको शारीरिक, Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदर्श माध्यमिक विद्यालय गणबहाल काठमाडौंको ७५ औँ जन्मजयन्ती (हीरक महोत्सव) लाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, माननीय मन्त्री एवम् सांसदज्यूहरू, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक एवम् कर्मचारीहरू, उपस्थित महिला तथा सज्जनवृन्द ! सर्वप्रथम नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) को सुखद् अवसरमा म यहाँका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, व्यवस्थापन समिति, सहयोगदाता एवम् शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । जनता शिक्षित भएमा आफ्नो निरंकुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट बञ्चित गर्न खोज्ने राणा शासनभित्र सदैव भय र संशय व्याप्त थियो । नेपाल अँध्यारो युगबाट उज्यालोतर्फ पाइला चाल्न राणा शासन अन्त्य हुन लागेको परिवर्तनको मिर्मिरेमा राजधानीको मुटुमा यो विद्यालय स्थापना हुनु एउटा ऐतिहासिक घट्ना थियो । शिक्षाकै कारणले तत्कालीन समाजलाई प्रजातन्त्र Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष माननीय मन्त्री पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माननीय माधवकुमार नेपाल कूलपतिहरू पुरस्कृत हुनुभएका स्रष्टा/सर्जक/विद्वतवर्ग, महिला तथा सज्जनवृन्द ! आजको यस समारोहमा उभिएर नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता पुष्पलालको नाममा स्थापित पुरस्कार समर्पण गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । आजका दिनमा पुष्पलाललाई सम्झदा मलाई लाग्छ, उहाँ नेपाली राजनीतिका एक मुर्धन्य नेता हुनुहुन्थ्यो । एक प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता, उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनलाई ठूलो योगदान गर्नुभएको छ । जसमध्ये मुख्यतः दूई वटा  योगदानहरूलाई सम्झना गर्दै म उहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहान्छु । पहिलो, निश्चय नै उहाँ मार्क्सवादी हुनुहुन्थ्यो र वर्ग संघर्षमा विश्वास गर्नुहुन्थ्यो । तर समकालीन कम्युनिष्टहरूबीचमा सशस्त्र Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जयन्तीको अवसरमा गर्नुभएको सम्बोधन

अध्यक्ष महोदय, उपस्थित महिला तथा सज्जनवृन्द ! नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ताको रक्षाको लागि जीवन समर्पित गर्नुहुने राष्ट्रिय विभूति भीमसेन थापाप्रति सर्वप्रथम भावभूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गोरखा पिपलथोकमा जन्मनुभएका भीमसेन थापा नेपालको इतिहासमा एक महत्वपूर्ण व्यक्तिको रुपमा चिनिनुहुन्छ । सरदार पदबाट काजीमा पदोन्नतिपछि मुख्तियार र कमाण्डर इनचीफ समेत भएर ३१ वर्षसम्म देशको शासन सञ्चालन गर्नुभएका भीमसेन थापाको व्यक्तित्व बहुआयामिक थियो । उहाँ एक इमान्दार र कुशल प्रशासक हुनुहुन्थ्यो । इतिहासकारहरू उहाँलाई राष्ट्रवादी मात्र हैन क्षेत्रीय अखण्डताका प्रवर्तक पनि मान्दछन् । देशको राष्ट्रियता र सम्प्रभुतालाई कमजोर तुल्याउने प्रयासलाई उहाँले गम्भीरतापूर्वक सामना गरेको इतिहासमा स्पष्ट छ । यही कारणले गर्दा Read More …

११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‌घाटनसत्रमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गर्नु भएको सम्बोधन

अध्यक्ष महोदय, महामहिम राष्ट्राध्यक्ष तथा सरकार प्रमुखज्यूहरू, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकज्यू, सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनका सहकर्मी मित्रहरू, कामदार तथा रोजगारदाता प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द ! सर्वप्रथम यो सम्मेलनको पूर्ण सफलताका लागि मैले विश्वको सर्वोच्च शिखर सगरमाथा एवम् शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमिबाट नेपाली जनताको अभिवादन र शुभेच्छा साथै लिएर आएको कुरा व्यक्त गर्दछु।त्यसैगरी, सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन निर्माण भई यसको कार्यान्वयन प्रारम्भ भएकोमा म अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बद्घ सबैलाई हार्दिक बधाई दिन चाहन्छु। यस सम्मेलनलाई सम्बोधन गर्न मलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा म अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकलाई धन्यवाद व्यक्त गर्दछु।यस अन्तर्राष्ट्रिय श्रम संसद्लाई सम्बोधन गर्न पाउँदा मैले Read More …

सम्मााननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले अन्तर व्यवस्थापिका मञ्च, नेपालका पदाधिकारीलाई गर्नुभएको सम्वोधन

सम्माननीय सभामुख, सम्माननीय राष्ट्रियसभा अध्यक्ष, प्रदेशसभाका माननीय सभामुख, माननीय उपसभामुखसहित संघीय संसद र प्रदेशसभा सचिवालयका सचिवहरूलाई राष्ट्रपति कार्यालयमा हार्दिक स्वागत गर्दछु । संसदको नेतृत्व गरिरहनुभएका संघ र प्रदेशका सभामुख/उपसभामुखहरुसँगको भेटघाट र छलफलको यो अवसर जुटाइदिनुभएकोमा प्रतिनिधिसभाका सम्माननीय सभामुखलाई धन्यवाद दिन चाहन्छु । तपाई हाम्रो भेटघाट र सार्थक छलफलले व्यवस्थालाई बलियो बनाउँछ । संविधानको कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि संवाद र छलफल हुनु आवश्यक छ। तर कताकता हामीकहाँ मोरल अथोरीटीप्रति सम्मान गर्ने संस्कार बन्न नसकेको हो की भन्ने मलाई लागीरहेको छ । त्यसले लोकतन्त्र परिपक्व बनाउन, सुदृढ बनाउन बाधा पुर्‍याउँछ । मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष, पूर्वराष्ट्रपति डा. रामवरण यादवज्यू, प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्रजी, योगप्रसादजीलगायत पुरस्कृत व्यक्तित्वहरू, अन्य विशिष्ट महानुभावहरू ! २००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनर्स्थापनाका आन्दोलनहरूमा अग्रपङ्क्तिमा रहेर सदैव सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुहुन्थ्यो । आज निधिजीको स्मृति दिवसका दिन म उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु । नेपाली काङ्ग्रेसको आह्वानमा भएको २००७ सालको क्रान्तिताका महोत्तरी क्षेत्रमा विद्रोहस्वरूप गठन भएको सरकारको उहाँलाई प्रधानमन्त्री घोषणा गरिएकोबाट बुझ्न सकिन्छ निधिजीको त्यसबेलादेखि कै योगदान । त्यतिबेलै योगप्रसाद उपाध्यायलाई मुख्य सचिव घोषणा गरिएको थियो । निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर सङ्घर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा Read More …