प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७३ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन
माननीय सूचना तथा संचारमन्त्री, प्रेस काउन्सिल नेपालका अध्यक्ष, संचारकर्मी मित्रहरु, भद्र महिला तथा सज्जनवृन्द ! प्रेस काउन्सिल नेपाल स्थापना भएको करिब आधा शताब्दी हुन लागेको सन्दर्भमा आयोजित ४७ औँ वार्षिकोत्सव समारोहको अवसरमा काउन्सिल सम्बद्ध सबैलाई शुभकामना र बधाई दिन चाहन्छु । यस महत्वपूर्ण अवसरमा पत्रकारिताक्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा निर्वाह गरेको सकारात्मक भूमिकाको स्मरण गर्दछु । समाजका अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहं दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेको मानिन्छ । यस पक्षलाई आत्मसात गर्दै हाम्रो सञ्चार माध्यम राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउन सम्बद्ध Read More …