सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पुनर्निर्मित रानीपोखरीको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन
सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरू, माननीय सांसदहरू, राष्ट्रसेवकहरू, काठमाडौँ महानगरपालिकाका मेयर लगायत महानगपालिका परिवार, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूका कारण व्यहोर्न परेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझसम्म ताजै छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । त्यसबेला हाम्रो अठोट थियो- हाम्रा प्रिय दिवंगत दाजुभाइ तथा Read More …