नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री भरतराज पौडेललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र श्री शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल माघ २6 गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संघीय संसदको महासचिव पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिव्दिकोट गाउँपालिका -१, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको  छ। २०८० साल माघ २३ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

प्रतिनिधि सभाको सचिव पदबाट दिनुभएको राजिनामा स्वीकृत

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदका कार्यवाहक महासचिव श्री पद्म प्रसाद पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजिनामा सोही मितिदेखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ। २०८० साल माघ २३ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President H.E. Dr. Martin Schulz ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जर्मनी बीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको व्यहोरा उल्लेख गर्दै FES ले काठमाडौं स्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्यहरू गर्दै आएकोमा खुशी समेत व्यक्त गर्नुभयो। २०८० साल माघ १७ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा  नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाको लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा  नियुक्त गर्नुभएको छ। २०८० साल माघ १६ गते मङ्गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

निर्वाचन परिणाम सहितको प्रतिवेदन

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाले राष्ट्रपति भवनमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६०  बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो। २०८० साल माघ १४ गते आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता    

बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट र सहायक कर्णेल कमाण्डेट लगायतको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट Mr. Richard Wardlaw OBE र सहायक कर्णेल कमाण्डेट Mr. Mark Lancaster लगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो। नेपालका लागि संयुक्त अधिराज्यका राजदूत समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँहरूले सम्माननीय राष्ट्रपतिज्यू समक्ष Brigade of Gurkha को सन् २०२३ को वार्षिक प्रतिवेदन समेत पेश गर्नुभयो। सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो। साथै, उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ब्रिटिश गोर्खा सैनिकहरूका बारेमा चासो व्यक्त गर्दै बेलायतले नेपालको विकास साझेदारको रूपमा नेपालको विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद समेत व्यक्त Read More …

अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Ms. Felicity Jane Volk ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सो अवसरमा साम्माननीय राष्ट्रपतिज्यूले दक्षिण पूर्वी एशिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा समेत अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकोले नेपाल जस्ता भू-परिवेष्ठित र अल्प विकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने कुरामा विश्वस्त रहेको कुरा बताउनु भयो। २०८० साल माघ ११ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/९ को सिफारिसमा सम्वत् २०८० साल माघ २२ गते सोमबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८० साल माघ १० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । २०८० साल माघ ९ गते मङ्गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता