मन्त्रीको कार्यभार

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपन्छी विकास मन्त्री श्री मदनप्रसाद परियारले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८२ साल पुस २० गते आइतबार। ने.सं. ११४६ पोहेलागा, प्रतिपदा। (रितेशकुमार शाक्य) प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ। क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री सुशीला कार्की प्रधानमन्त्री रक्षा २. श्री रामेश्वर प्रसाद खनाल मन्त्री अर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन ३. श्री कुलमान घिसिङ मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास ४. श्री ओम प्रकाश अर्याल मन्त्री गृह ५. श्री अनिलकुमार सिन्हा मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ६. Read More …

जनवादी गणतन्त्र चीनका राजदूतबाट विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. CHEN Song ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Mr. CHEN Song लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल पुस ८ गते मङ्‌गलबार। ने.सं. ११४६ पोहेलाथ्व, तृतीया। (प्रदीप कुमार कोइराला) प्रवक्ता  

मन्त्रीको कार्यभार

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी  तोक्नु भएको छ। २०८२ साल पुस ४ गते शुक्रबार। ने.सं. ११४६ थिंल्लागा, औँसी। (प्रदीप कुमार कोइराला) प्रवक्ता    

अध्यादेश जारी

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम जारी भएको मिति १. प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ २०८२/०९/०४ २०८२ साल पुस ४ गते शुक्रबार। ने.सं. ११४६ थिंल्लागा, औँसी। (प्रदीप कुमार कोइराला) प्रवक्ता

राष्‍ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्‍ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री सुशीला कार्कीज्यूले राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८२ साल मङ्‌सिर २८ गते आइतबार। ने.सं. ११४६ थिंल्लागा, दशमी। (प्रदीप कुमार कोइराला) प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ। क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री सुशीला कार्की प्रधानमन्त्री परराष्ट्र; रक्षा; खानेपानी २. श्री रामेश्वर प्रसाद खनाल मन्त्री अर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन ३. श्री कुलमान घिसिङ मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास ४. श्री ओम प्रकाश अर्याल मन्त्री गृह ५. श्री अनिलकुमार सिन्हा मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. उज्वेकिस्तान H.E. Mr. Sardor Mirzayusupovich Rustambaev गैरआवासीय २. रोमानिया H.E. Mrs. Sena Latif गैरआवासीय ३. ताजिकिस्तान H.E. Mr. Lukmon Bobokalonzoda गैरआवासीय ४. आइसल्याण्ड H.E. Mr. Benedikt Hoeskuldsson गैरआवासीय ५. क्युवा H.E. Mr. Juan Carlos Marsan Aguilera गैरआवासीय  २०८२ साल मङ्‌सिर २५ गते बिहीबार। ने.सं. ११४६ थिंल्लागा, सप्‍तमी। (प्रदीप Read More …

राष्‍ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्‍ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८२ साल मङ्‌सिर २१ गते आइतबार। ने.सं. ११४६ थिंल्लागा, तृतीया। (प्रदीप कुमार कोइराला) प्रवक्ता

नेपालका लागि अष्‍ट्रेलियाका राजदूतबाट विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि अष्‍ट्रेलियाका राजदूत H.E. Ms. Leann Johnston ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र अष्‍ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Leann Johnston लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल मङ्‌सिर १७ गते बुधबार। ने.सं. ११४६ थिंल्लाथ्व, त्रयोदशी। (प्रदीप कुमार कोइराला) प्रवक्ता