गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल असार ५ गते बिहीबार। ने.सं. ११४५ तछलागा अष्‍टमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२/३/४ २०८२ साल असार ४ गते बुधबार। ने.सं. ११४५ तछलागा सप्‍तमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

फिनल्याण्डका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Ms. Riina-Riikka Heikka ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र फिनल्याण्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Riina-Riikka Heikka लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल जेठ ३० गते शुक्रबार। ने.सं. ११४५ तछलागा द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

नेपालको गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत श्री सेवा लम्साललाई नेदरल्याण्ड्स अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।   २०८२ साल जेठ २८ गते बुधबार। ने.सं. ११४५ तछलाथ्व पूर्णिमा। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

शिष्टाचार विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि गणतन्त्र इजिप्टका राजदूत H.E. Ms. Noha Hamdy Ahmed ElGebaly ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र गणतन्त्र इजिप्टबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Noha Hamdy Ahmed ElGebaly लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल जेठ २५ गते आइतबार। ने.सं. ११४५ तछलाथ्व द्वादशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत श्री निर्मलराज काफ्लेलाई गणतन्त्र पेरुका लागि, कतार राज्यका लागि नेपालका आवासीय राजदूत श्री रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि र श्रीलङ्काका लागि नेपालका आवासीय राजदूत श्री पूर्णबहादुर नेपालीलाई गणतन्त्र मालदिभ्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल जेठ २२ गते बिहीबार। ने.सं. ११४५ तछलाथ्व दशमी। (ईश्वरीप्रसाद पाण्डे) सहायक प्रवक्ता  

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. केन्या H.E. Mr. Munyiri Peter गैरआवासीय २. जोर्डन H.E. Mr. Yousef Abdelghani गैरआवासीय ३. जिम्बाब्वे H.E. Ms. Stella Nkomo Vahagn गैरआवासीय ४. डेनमार्क H.E. Mr. Rasmus Abildgaard गैरआवासीय ५. उरुग्वे H.E. Mr. Alberto A. Guani गैरआवासीय २०८२ Read More …

न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री Rt. Hon. Winston Peters ले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र न्यूजिल्याण्डबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र न्यूजिल्याण्डबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय सहयोगलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गर्नुहुँदै हिमालयन ट्रस्ट, शैक्षिक आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्‍चमा सहकार्यको माध्यमले दुई देशबीचको जनस्तरीय सम्बन्ध प्रगाढ हुने कुरामा विश्‍वास व्यक्त गर्नुभयो। २०८२ साल जेठ १४ गते बुधबार। ने.सं. ११४५ तछलाथ्य पारु। (ईश्वरीप्रसाद पाण्डे) सहायक प्रवक्ता

गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत श्री सेवा लम्साललाई लक्जेम्बर्गका लागि र संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई होली सी, गणतन्त्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल जेठ ११ गते आइतबार। ने.सं. ११४५ बछलागा त्रयोदशी। (अर्चना खड्का अधिकारी) उपसचिव एवम् सूचना अधिकारी

प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय यज्ञराज जोशी मिति २०८२/२/५ देखि २०८२/३/१३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम सुदुरपश्‍चिम प्रदेशका प्रमुख माननीय नजिर मियाँलाई तोक्नु भएको छ । २०८२ साल जेठ ५ गते सोमबार। ने.सं. ११४५ बछलागा षष्‍ठी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता