भीषण बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको अवलोकन

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको आज अवलोकन गर्नुभएको छ। सो अवसरमा उहाँले उक्त क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनर्स्थापनाका सम्बन्धमा जानकारी लिनुहुँदै बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उहाँहरूको गुनासो सुन्नुभयो। साथै, नुवाकोटस्थित बाढी प्रभावित व्यक्तिहरू रहेको होल्डिङ सेन्टरकोसमेत अवलोकन गर्नुभयो। २०८३ साल भदौ २२ गते सोमबार। ने.सं. ११४६ गुँलागा: एकादशी। (रितेशकुमार शाक्य) प्रवक्ता

उद्धार, खोज र राहत कार्यमा सहयोग

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हिजो मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको ठूलो क्षति भएकोले विपद् पिडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ। २०८३ साल भदौ ११ गते बिहीबार। ने.सं. ११४६ गुँलाथ्व: चतुर्दशी। (रितेशकुमार शाक्य) प्रवक्ता

युरोपियन संघका राजदूतबाट बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि युरोपियन संघका राजदूत H.E. Mrs. Veronique Lorenzo ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा नेपाल र युरोपियन संघबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्‍ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा युरोपियन संघका राजदूतलाई बधाईसमेत दिनुभयो। २०८३ साल भदौ ४ गते बिहीबार। ने.सं. ११४६ गुँलाथ्व: अष्‍टमी। (रितेशकुमार शाक्य) प्रवक्ता

नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाका स्थल सेनाध्यक्ष General Dhiraj Seth, PVSM, UYSM, AVSM लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो। उक्त समारोहमा सम्माननीय उपराष्‍ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू, माननीय परराष्‍ट्र मन्त्री श्री शिशिर खनालज्यू, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूका साथै नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो । समारोह पश्‍चात् सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष स्थल सेनाध्यक्ष General Dhiraj Seth ले शिष्‍टाचार भेट समेत गर्नु भयो । २०८३ साल भदौ १ गते सोमबार। ने.सं. ११४६ गुँलाथ्व: पञ्‍चमी। (रितेशकुमार शाक्य) प्रवक्ता

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालय, शीतल निवासमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८३ साल साउन २५ गते सोमबार। ने.सं. ११४६ दिल्लागा: द्वादशी। (रितेशकुमार शाक्य) प्रवक्ता

शिष्‍टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि गणतन्त्र कोरियाका राजदूत H.E. Mr. Park Taeyoung ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्‍ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा गणतन्त्र कोरियाका राजदूतलाई बधाईसमेत दिनुभयो। २०८३ साल साउन २१ गते बिहीबार। ने.सं. ११४६ दिल्लागा: अष्‍टमी। (रितेशकुमार शाक्य) प्रवक्ता

प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्ति

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा श्री मान बहादुर कार्की, मोरङ; निर्वाचन आयुक्त पदमा श्री गुरु प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौंलाई नियुक्ति गर्नुभएको छ । २०८३ साल साउन १४ गते बिहीबार। ने.सं. ११४६ दिल्लागा: प्रतिपदा। (रितेशकुमार शाक्य) प्रवक्ता

शिष्‍टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि फ्रान्सका राजदूत H.E. Ms. Virginie Corteval ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्‍ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा फ्रान्सका राजदूतलाई बधाईसमेत दिनुभयो। २०८३ साल असार ३२ गते बिहीबार। ने.सं. ११४६ दिल्लाथ्व: द्वितीया। (रितेशकुमार शाक्य) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. विनियोजन विधेयक, २०८३ २०८३/०३/३० २. राष्‍ट्र ऋण उठाउने विधेयक, २०८३ २०८३/०३/३० ३. आर्थिक विधेयक, २०८३ २०८३/०३/३० २०८३ साल असार ३० गते मङ्‌गलबार। ने.सं. ११४६ तछलागा: औँसी । (रितेशकुमार शाक्य) प्रवक्ता

यू.ए.ई. सरकारका Minister of Foreign Trade को नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्‍टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष यू.ए.ई. सरकारका Minister of Foreign Trade, H.E. Dr. Thani Ahmed Al Zeyoudi को नेतृत्वको प्रतिनिधिमण्डलले राष्‍ट्रपति भवनमा शिष्‍टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। २०८३ साल असार २६ गते शुक्रबार। ने.सं. ११४६ तछलागा: एकादशी। (रितेशकुमार शाक्य) प्रवक्ता