न्याय परिषद् सदस्य नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा भोजपुर जिल्ला, भोजपुर नगरपालिका वडा नं. ८ निवासी कानूनविद् वरिष्‍ठ अधिवक्ता श्री महेश कुमार नेपाल (प्र.प.नं. ४०१) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ। २०८२ साल असार २३ गते सोमबार। ने.सं. ११४५ दिल्लाथ्व द्वादशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ। क्र.सं. नाम, थर र वतन हाल कार्यरत पद र अदालत नियुक्ति गरिएको पद र अदालत १. श्री मेघराज पोखरेल वरिष्‍ठ अधिवक्ता, (प्र.प.नं. ५४८) न्यायाधीश, सर्वोच्च अदालत २. श्री श्रीकान्त पौडेल मुख्य न्यायाधीश, उच्च अदालत जनकपुर न्यायाधीश, सर्वोच्च अदालत ३. श्री शान्तिसिंह थापा मुख्य न्यायाधीश, उच्च अदालत दिपायल न्यायाधीश, सर्वोच्च अदालत २०८२ साल असार २३ गते सोमबार। ने.सं. ११४५ दिल्लाथ्व द्वादशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।   २०८२ साल असार १८ गते बुधबार। ने.सं. ११४५ दिल्लाथ्व सप्‍तमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्पेनको औपचारिक भ्रमण एवम् 4th International Conference on Financing for Development विषयक कार्यक्रममा सहभागी हुन सम्वत् २०८२ साल असार १४ गते शनिबार स्पेनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८२ साल असार १४ गते शनिबार। ने.सं. ११४५ दिल्लाथ्व तृतीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. जनगणतन्त्र बंगलादेश H.E. Md. Shafiqur Rahman आवासीय २. गणतन्त्र दक्षिण अफ्रिका H.E. Mr. Anil Sooklal गैरआवासीय ३. गणतन्त्र एङ्गोला H.E. Mr. Clemente Pedro Francisco Camenha गैरआवासीय ४. गणतन्त्र अर्जेन्टिना H.E. Mr. Mariano Agustin गैरआवासीय २०८२ साल असार ९ गते सोमबार। ने.सं. ११४५ तछलागा त्रयोदशी। Read More …

गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल असार ५ गते बिहीबार। ने.सं. ११४५ तछलागा अष्‍टमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२/३/४ २०८२ साल असार ४ गते बुधबार। ने.सं. ११४५ तछलागा सप्‍तमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

फिनल्याण्डका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Ms. Riina-Riikka Heikka ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र फिनल्याण्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Riina-Riikka Heikka लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल जेठ ३० गते शुक्रबार। ने.सं. ११४५ तछलागा द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

नेपालको गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत श्री सेवा लम्साललाई नेदरल्याण्ड्स अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।   २०८२ साल जेठ २८ गते बुधबार। ने.सं. ११४५ तछलाथ्व पूर्णिमा। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

शिष्टाचार विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि गणतन्त्र इजिप्टका राजदूत H.E. Ms. Noha Hamdy Ahmed ElGebaly ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र गणतन्त्र इजिप्टबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Noha Hamdy Ahmed ElGebaly लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल जेठ २५ गते आइतबार। ने.सं. ११४५ तछलाथ्व द्वादशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता