राज्यमन्त्री पदमा नियुक्त गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ साल असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री खमबहादुर गर्बुजाज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । २०८२ साल वैशाख १७ गते बुधबार। ने.सं. ११४५ बछलाथ्य तृतीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र बेलारुस H.E. Mr. Mikhail Kasko गैरआवासीय २. जर्जिया H.E. Mr. Vakhtang Jaoshvili गैरआवासीय ३. गणतन्त्र माली H.E. Mr. Brig. Gen. Felix Diallo गैरआवासीय ४. कुवेत अधिराज्य H.E. Mr. Meshal Mustafa J Alshemali गैरआवासीय ५. गणतन्त्र अर्मेनिया Read More …

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त ज्यूले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०८२ साल वैशाख ११ गते बिहीबार। ने.सं. ११४५ चौलागा एकादशी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता  

मन्त्रिपरिषद् गठन

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ। क्र.सं.   नाम, थर पद कार्यविभाजन  १. श्री केपी शर्मा ओली प्रधानमन्त्री    २. श्री प्रकाशमान सिंह उपप्रधानमन्त्री सहरी विकास  ३. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ  ४. श्री पृथ्वी सुब्बा गुरुङ मन्त्री सञ्‍चार तथा सूचना प्रविधि ५. श्री रमेश लेखक मन्त्री गृह  ६. श्री शरतसिंह भण्डारी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा  ७. डा. आरजु राणा मन्त्री परराष्‍ट्र  ८. Read More …

संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्री His Highness Sheikh Abdullah Bin Zayed Al Nahyan ले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको सामाजिक तथा आर्थिक विकासमा संयुक्त अरब इमिरेट्स लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच आगामी दिनहरूमा सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गर्नुभयो। २०८२ साल वैशाख १० गते बुधबार। ने.सं. ११४५ चौलागा दशमी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेनका लागि नेपालका आवासीय राजदूत श्री शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि र इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा. धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल वैशाख १० गते बुधबार। ने.सं. ११४५ चौलागा दशमी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता  

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानका लागि नेपालका आवासीय राजदूत श्री रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल वैशाख ७ गते आइतबार। ने.सं. ११४५ चौलागा सप्‍तमी । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्‍ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८२ साल वैशाख ३ गते बुधबार। ने.सं. ११४५ चौलागा तृतीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत प्रा. डा. कृष्णप्रसाद ओलीलाई मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई लेवनानका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल चैत २१ गते बिहीबार। ने.सं. ११४५ चौलाथ्व षष्‍ठी । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन संवत् २०८१ चैत १९ गते थाइल्याण्डतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८१ साल चैत १९ गते मङ्‌गलबार। ने.सं. ११४५ चौलाथ्व तृतीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता