अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० २०८० साल माघ ४ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू युगाण्डाको राजधानी कम्पालामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन सम्वत् २०८० साल माघ ४ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल माघ ४ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का Director General बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का Director General H.E. Dr. Qu Dongyu ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले खाद्य तथा कृषि संगठनले नेपालमा विशेष गरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि एवम् सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिँदै नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा बताउनु भयो। २०८० साल पुस २७ गते शुक्रबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

आयरल्याण्डको माथिल्लो सभा (Seanad Éireann) का अध्यक्षबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष आयरल्याण्डको माथिल्लो सभा (Seanad Éireann) का अध्यक्ष  Rt. Hon. Jerry Buttimer ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले वर्तमान सरकारको प्राथमिकता दीगो आर्थिक विकास रहेको र यसले नै लोकतन्त्र, समावेशीकरण र संघीयतालाई संस्थागत गर्नमा योगदान दिनेछ भन्नेमा नेपाली जनताको विश्वास रहेको कुरा बताउँदै नेपाल र आयरल्याण्डबीच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभयो। २०८० साल पुस २६ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सार्कका नवनियुक्त महासचिवबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव H.E. Mr. Md. Golam Sarwar ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा बताउँदै अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेछन् भन्ने कुरामा आशा व्यक्त गर्नुभयो । २०८० साल पुस २५ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री H.E. Dr. S. Jaishankar ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र गणतन्त्र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र भारतलाई शताव्दीयौं देखि प्राकृतिक, साँस्कृतिक र धार्मिक सम्पदाहरूले जोडेको हुँदा यी दुई देशका जनताको वृहत हितका लागि यी सम्पदाहरूको परिचालन र संरक्षण आवश्यक रहेको कुरा बताउनुभयो। साथै, उहाँले जलवायु परिवर्तनका कारण हाल नेपाल लगायत विश्वमै परेको प्रभावका सम्बन्धमा सबैले गम्भीरतापूर्वक लिन र हिमाल लगायत वातावरण संरक्षणका लागि सामुहिक पहलमा जोड दिनुभयो। २०८० साल पुस १९ गते बिहीबार। (शैलजा Read More …

नवनियुक्त राजदूतबाट शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत श्री धनबहादुर वलीले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउदज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०८० साल पुस १२ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. KIKUTA Yutaka ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उहाँले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको कुरा व्यक्त गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो । २०८० साल पुस १२ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८० साल पुस ६ गते शुक्रबार । (कृष्णप्रसाद लम्साल) सहसचिव

लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्री H.E. Mr. Mohamed Uvais Mohamed Ali Sabry, PC, MP ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। २०८० साल पुस ६ गते शुक्रबार । (कृष्णप्रसाद लम्साल) सहसचिव