नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री भरतराज पौडेललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र श्री शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८० साल माघ २6 गते शुक्रबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता