सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नाक–कान–घाँटी रोगका विशेषज्ञ चिकित्सकहरूको १२औँ दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्यमन्त्री, आ–आफ्नो क्षेत्रका विशेषज्ञ चिकित्सकहरू, यस सम्मेलनमा भाग लिन विभिन्न मित्र राष्ट्रबाट आउनुभएका अतिथिहरू, आयोजक समितिका पदाधिकारीहरू‚ उपस्थित भद्रमहिला तथा सज्जनवृन्द, नाक–कान–घाँटी रोगका विशेषज्ञ चिकित्सकहरूको यस दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा तपाईंहरूसँग भेट गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा सम्मेलनको सफल आयोजनाका लागि तपाईंहरूलाई अग्रिम बधाई दिंदै यस सम्मेलनलाई करिब दस वर्षपछि नेपालमा आयोजना गर्नुभएकोमा म विशेष धन्यवाद दिन चाहन्छु । तपाईंहरूको व्यावसायिक दक्षतालाई अझ विकास गर्दै लैजान विशेष महत्व राख्ने यो विशिष्ट सम्मेलन नेपालमा आयोजना हुनुले मलाई प्रसन्नताको अनुभूति भएको छ । कोभिड–१९ महामारी पूर्ण रूपमा अन्त्य नभैसकेको भएतापनि खोपको उपलब्धता र यस क्षेत्रका राष्ट्रहरूले अवलम्बन Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उँभौली पर्व, २०७९ अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०७९ को शुभकामना सन्देश नेपाली किराँत समुदायको महान् पर्व उभौलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, सुनुवार, याक्खा लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमा (वैशाखे पूर्णे) लाई उभौली पर्वको रूपमा मनाइन्छ । किराँत समुदायमा प्रकृति र पितृपूजनको समृद्ध संस्कृति विद्यमान छ । गृष्म ऋतुसँगै वर्षातको मौसम समेत प्रारम्भ हुने हुनाले उभौली पर्व मनाउने सिलसिलामा अन्नबाली सप्रियोस्¸ रोगव्याधि नलागोस्¸ सुख्खा खडेरी¸ बाढी¸ पहिरो जस्ता प्राकृतिक विपत्तिहरू Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६६औँ बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६६औँ बुद्ध जयन्तीको शुभकामना सन्देश विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि-संयोग पर्ने भएकाले यस दिन विश्‍वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो । आत्मचिन्तन‚ जीवनको भोगाई र अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सीता जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता जयन्तीको शुभकामना सन्देश राजर्षि जनककी छोरी एवं नेपालभूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम–जानकी मन्दिरहरूमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा–अर्चना सहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन बाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ । माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृशक्तिको  भूमिकाले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा गर्नु भएको सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री, आज पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रम’मा सहभागी भई सूचना तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ सञ्चारकर्मीहरूलाई पुरस्कार एवं सम्मान प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा सञ्चार तथा तथा सूचना प्रविधि मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । साथै‚ कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई राष्ट्रपति कार्यालयमा म हार्दिक स्वागत गर्दछु । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न Read More …

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्‌गलबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०७९ साल वैशाख २५  गते आइतबार (सागर आचार्य) प्रवक्ता

अध्यादेशहरू जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ २. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ २०७९ साल वैशाख २५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (ईद उल फित्र) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (ईद उल फित्र) पर्व, २०७९ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद उल फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ । इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ । साथै‚ ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७९ का अवसरमा गर्नुभएको सम्बोधन

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू, आज सम्मानित तथा पुरस्कृत हुनुभएका सर्जकहरू, कला र संगीतका साधकहरू, सञ्चारकर्मीहरू, उपस्थित भद्रमहिला तथा सज्जनवृन्द, नातिकाजी स्मृति समाजले आयोजना गरेको यस ‘पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’मा सहभागी भएर मुलुकका लब्ध प्रतिष्ठित कला, साहित्य र सङ्गीतका साधक एवं विज्ञहरूसँग भेटघाट अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । कुनै पनि समाजको सभ्यताको स्तरलाई त्यहाँको कला, साहित्य र सङ्गीतले प्रतिविम्वित गरेको हुन्छ । यसरी नै श्रष्टाहरूको अथक साधनाबाट सिर्जित मौलिक सिर्जनाले नै राष्ट्रको पहिचान Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को सन्देश अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुलुकको उद्योग‚ कृषि‚ निर्माण र सेवा लगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु । विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यवद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइन्छ । यस दिवसले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई Read More …