अध्यादेशहरू जारी

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः

क्र.सं. अध्यादेशको नाम
१. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९
२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९

२०७९ साल वैशाख २५ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता