सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७७ साल असोज ११ गते, आइतबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री  श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. गणतन्त्र कोरिया H.E. Mr. Park Chong-Suk आवासीय २. युरोपियन युनियन (EU) H.E. Ms. NONA Deprez आवासीय (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि पाकिस्तानका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल असोज ५ गते, सोमबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि पाकिस्तानका राजदूत H.E. Mr. Mazhar Javed ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा पाकिस्तानका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुहुँदै छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्‍च महत्त्व दिँदै आएको विचार व्यक्त गर्नुभयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ को शुभकामना सन्देश नेपाली जनताको लामो संघर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइरहेका छौं । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस सुखद् अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभूषण प्रदान

आज मिति २०७७ साल असोज ३ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गर्नु भएको छ । विभूषणको प्रकार घोषित संख्या मानपदवी १. सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) १ २. प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) ४ ३. सुकीर्तिमय राष्ट्रदीप (तृतीय) ७ ४. सुप्रबल जनसेवा श्री (तृतीय) ८७ ५. कीर्तिमय राष्ट्रदीप (चतुर्थ) ८ ६. प्रबल जनसेवा श्री (चतुर्थ) २४२ ७. जनसेवा श्री (पञ्चम) १०४ जम्मा ४५३ अलङ्कार १. राष्ट्र यशोवर्द्धक २ २. नेपाल सेवा प्रवीण १ ३. समाजसेवा रत्न ११ ४. परम पौरख Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट कैद सजाय र जरिवाना माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवाना समेत माफी भएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट बाँकी कैद माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मिति २०७७ साल असोज ३ गते देखि लागु हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को  सिफारिसमा हेमराज तुम्वाहाम्फेसमेतका २८९ (दुई सय उनान्नब्बे) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाहा  भएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत

आज मिति २०७७ साल असोज १ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री बामदेव गौतम, दाखाक्वाडी -१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बालदिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बालदिवस, २०७७ को शुभकामना सन्देश ‘विपद्‌मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने संकल्पका साथ यो वर्षको राष्ट्रिय बालदिवस मनाउन लागेकोमा मलाई खुशी लागेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालको संविधान तथा कानुनमा बालअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरिएको छ । हाम्रो मुलुकले बालअधिकार सुनिश्चित गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धताहरूमा हस्ताक्षर गरिसकेको छ । यी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व हुन आएको छ । गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जितीया पर्व, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

जितीया पर्व, २०७७ को शुभकामना सन्देश नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरूले मनाउने जितीया पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायूको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘जिमुतवाहन व्रत’ समेत भनिने जितीया पर्व प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाहरूले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ । यस्ता सांस्कृतिक पर्वहरूले परिवार र समुदायका सदस्यहरूको बीचमा आपसी प्रेम‚ विश्‍वास‚ सद्‍भाव र सहयोगको Read More …

सम्माननीय राष्ट्रपतिज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाल्ने गरी तोक्नु भएको

आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक  प्रवक्ता