सम्मानीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूले भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा आयोजित तेजश्री स्कूल नवयुवा यौन दुर्व्यहार प्रतिरोध सशक्तीकरण पहल अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा गर्नु भएको सम्बोधन
भाष्कर तेजश्री स्मृति प्रतिष्ठानका संरक्षक डा. भेष बहादुर थापाज्यू‚ अध्यक्ष डा. रिता थापाज्यू एवं पदाधिकारीहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू उपस्थित भद्र महिला तथा सज्जनवृन्द, भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहभागी भएर तपाईँहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । म तपाईँहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु । मानवअधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने दिवंगत तेजश्री थापाको योगदानको स्मरण गर्दै आयोजना गरिएको यो कार्यक्रमले नेपाल लगायत विश्वका विभिन्न देशमा महिला हिंसाविरुद्ध उहाँले गर्नु भएका कार्यलाई थप चिनाउने मैले विश्वास लिएको छु । वर्तमान विश्वमा मानव विकासलाई अवरोध गर्ने प्रमुख चुनौतिको रूपमा रहेको लैङ्गिक विभेदबाट हाम्रो समाज पनि मुक्त रहेको छैन । Read More …