नियुक्ति, हेरफेर र कार्यविभाजन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ। क्र.सं. नाम, थर पदनाम कार्यविभाजन 1.               श्री शेरबहादुर देउवा प्रधानमन्त्री रक्षा 2. श्री बालकृष्ण खाँण मन्त्री गृह 3. श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री सञ्चार तथा सूचना प्रविधि 4. श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ 5. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन 6. श्री जनार्दन शर्मा मन्त्री अर्थ 7. श्री उमाकान्त चौधरी मन्त्री खानेपानी Read More …

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री तीर्थराज वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल असार १७ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल असार १७ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस स्थापनाको दिवस वार्षिकोत्सव मूल समारोहमा गर्नुभएको सम्बोधन

नेपालमा औपचारिक कानुनी शिक्षा प्रदान गर्ने मातृसंस्थाको रूपमा रहेको नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । स्थापना दिवसको सुखद् अवसरमा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थी  सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु । त्रिभुवन विश्वविद्यालयको स्थापना अघि नै विक्रम संवत् २०११ सालमा स्थापित यस ऐतिहासिक क्याम्पसबाट  मुलुकलाई  आवश्यक पर्ने दक्ष र क्षमतावान कानुनी जनशक्ति उत्पादन गरी अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल ल क्याम्पसलाई धन्यवाद दिन चाहन्छु । यस अवसरमा, क्याम्पसको स्थापना गर्न अगुवाई गर्ने र स्पापनाकालदेखि विभिन्न भूमिकामा रहेर तथा यहाँबाट अध्ययन अनुसन्धान पूरा गरेर नेपालमा कानुन  शिक्षा र कानुन व्यवसायलाई Read More …

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक 1. डा. नरेशविक्रम ढकाल कतार 2. श्री विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीन 3. श्री कैलाशराज पोखरेल अष्ट्रेलिया 4. श्री कान्ता रिजाल इजरायल २०७९ साल असार १६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र ग्रहण

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका आवासीय राजदूत H.E. Shri Naveen Srivastava ले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । २०७९ साल असार १६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि   कृषि उत्पादन: सम्भावना, अनुभव र सिकाइ’ विषयक अन्तरक्रिया कार्यकममा गर्नुभएको सम्बोधन

माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री‚ मदन भण्डारी फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरू, कृषि क्षेत्रका विशेषज्ञ तथा व्यवसायीहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । नेपालमा प्राङ्गारिक र व्यावसायिक कृषिको  प्रवर्द्धनका लागि यस क्षेत्रका व्यवसायी र विज्ञहरूसँग छलफल गर्न आयोजित यस कार्यक्रममा तपाईंहरूका विचार सुन्न पाउँदा मलाई खुसी लागेको छ । राष्ट्रपति कार्यालयमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु । अत्यन्त सान्दर्भिक विषयमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरेकोमा म मदन भण्डारी फाउन्डेसनलाई धन्यवाद दिन चाहान्छु  । आजै राष्ट्रिय धान दिवस (असार १५) पनि भएकाले  तपाईंहरूका माध्यमबाट म देशका सम्पूर्ण किसान दिदीबहिनी दाजुभाइहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु, उहाँहरूलाई धन्यवाद भन्न चाहान्छु, आभार प्रकट Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत श्री ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल असार १३ गते सोमबार (सागर आचार्य) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १. श्री जीवनराम श्रेष्ठ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन २. श्री मेटमणि चौधरी मन्त्री सहरी विकास ३. श्री भवानी प्रसाद खापुङ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या ४. श्री शेरबहादुर कुँवर मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा साथै सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूसमक्ष नवनियुक्त माननीय स्वास्थ्य तथा जनसङ्‍ख्‍या राज्यमन्त्री  श्री हिराचन्द्र के.सी. ज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको Read More …