राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. राजदूत मुलुक
1. डा. नरेशविक्रम ढकाल कतार
2. श्री विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीन
3. श्री कैलाशराज पोखरेल अष्ट्रेलिया
4. श्री कान्ता रिजाल इजरायल

२०७९ साल असार १६ गते बिहीबार

(सागर आचार्य)

प्रवक्ता