सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस स्थापनाको दिवस वार्षिकोत्सव मूल समारोहमा गर्नुभएको सम्बोधन

नेपालमा औपचारिक कानुनी शिक्षा प्रदान गर्ने मातृसंस्थाको रूपमा रहेको नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । स्थापना दिवसको सुखद् अवसरमा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थी  सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु ।

त्रिभुवन विश्वविद्यालयको स्थापना अघि नै विक्रम संवत् २०११ सालमा स्थापित यस ऐतिहासिक क्याम्पसबाट  मुलुकलाई  आवश्यक पर्ने दक्ष र क्षमतावान कानुनी जनशक्ति उत्पादन गरी अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल ल क्याम्पसलाई धन्यवाद दिन चाहन्छु ।

यस अवसरमा, क्याम्पसको स्थापना गर्न अगुवाई गर्ने र स्पापनाकालदेखि विभिन्न भूमिकामा रहेर तथा यहाँबाट अध्ययन अनुसन्धान पूरा गरेर नेपालमा कानुन  शिक्षा र कानुन व्यवसायलाई अगाडि बढाउने सबैको योगदान स्मरण गर्दछु  ।

आफ्नो वार्षिक दिवसको अवसरमा नेपाल ल क्याम्पसले प्रदान गरेको अत्यन्त महत्वपूर्ण सम्मान “नेपाल ल क्याम्पस स्वर्ण सम्मान” बाट सम्मानित हुनुभएका व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

आज सम्मानित हुनुभएका संविधानसभाका अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङले नेपालको संविधान निर्माणका क्रममा सभाध्यक्षको आसनमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । म उहाँको सन्तुलनकारी र समन्वयकारी भूमिकाको प्रशंसा गर्दछु ।

यस्तै अर्का सम्मानित व्यक्तित्व प्रा.डा. सूर्यप्रसाद सुवेदीले अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा पु¥याउनु भएको उल्लेखनीय प्राज्ञिक योगदानका ’boutमा पनि हामी सबै जानकार नै छौं । म उहाँलाई पनि बधाई दिन चाहन्छु । आजै विभिन्न सम्मान, पुरस्कार तथा छात्रवृत्ति प्राप्त गर्ने सबैमा बधाई तथा शुभकामना दिन चाहन्छु ।

नेपालमा लोकतन्त्रको स्थापना, कानुनको शासन तथा मानवअधिकारको प्रवर्द्धनका लागि कानुनका विज्ञ, कानुन व्यवसायी एवं कानुनका विद्यार्थीहरूले पुर्‍याएको योगदानको सराहना गर्दछु ।

आज देशभित्रै कानुनका विविध विषयमा उच्च शिक्षा अध्ययन गर्न उपलब्ध भएको अवसरलाई सदुपयोग गर्दै युवा विद्यार्थीहरूले अत्यन्त उत्साहका साथ अध्ययन गरिरहेको देख्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ ।

कानुन संकायमा अध्यनरत छात्राहरूको संख्या उल्लेखनीय रहनु त्यत्तिकै सन्तोषको विषय हो भन्ने मलाई लागेको छ । यस अवसरमा म सम्पूर्ण विद्यार्थी भाइ–बहिनीहरूमा सफलता र उत्तरोत्तर प्रगतिको  शुभकामना व्यक्त गर्दछु ।

हाम्रो संविधानले प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने अधिकारको प्रत्याभूति गर्नुका साथै  मौलिक हक अधिकारको निर्वाध उपभोग गर्ने वातावरण प्रदान गरेको छ । संविधानप्रदत्त नागरिक अधिकारको उपयोगसँग कानुन शिक्षाको सार्थक सम्बन्ध रहेको हुन्छ ।

त्यसैगरी, मुलुकमा मानव अधिकारको कार्यान्वयन, कानुनी शासनको बहाली तथा राज्यशक्तिलाई जनताको हितमा लगाउने संविधानको भावना कार्यान्वयन गर्न समेत विशेष भूमिका रहने हुनाले कानुन शिक्षालाई समय सापेक्ष, व्यावहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानु आवश्यक हुन्छ ।

शिक्षाको आधारस्तम्भ नैतिकताका सर्वस्वीकृत मान्यतामा आधारित हुनुपर्ने अपेक्षा गरिन्छ । व्यवहारिक जीवनमा कानुनले हामीलाई सामान्य मार्गदर्शनसम्म गर्न सक्दछ । तर, हाम्रा सार्वजनिक, सामाजिक र राजनीतिक व्यवहारको उचाई केवल हाम्रै विवेक र नैतिकताले मात्र कायम राख्न सक्दछ ।

कानुनी शिक्षा मूलतः नागरिकको जीवन, स्वतन्त्रता, प्रतिष्ठा र सम्पत्तिसँग प्रत्यक्ष जोडिएको व्यावहारिक र व्यावसायिक शिक्षा भएकोले यसमा ज्ञान, सीप, विवेक र नैतिकताको सम्मिश्रण हुन अत्यन्तै आवश्यक हुन्छ  भन्ने मेरो विश्वास रहेको छ ।

कानुनी शिक्षा नै  कानुनी शासन स्थापनाको लागि प्रमुख आधार भएकोले संविधान र कानुनको ’boutमा समाजमा जनचेतना अभिवृद्धि गर्न, संविधान तथा कानुनको परिपालना र कार्यान्वयन गर्न गराउनमा विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापकहरू तथा अध्ययनरत विद्यार्थीहरूको अहम् भूमिका रहन्छ ।

विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा यदाकदा देखिने विचलनहरूका ’boutमा समेत प्राज्ञिक विमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बद्ध निकायहरूहरूलाई निगरानीका साथै पृष्ठपोषण समेत गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।

यसैगरी‚ विश्वविद्यालयहरू अनुसन्धान र ज्ञान उत्पादनका केन्द्र भएकाले सार्वजनिक सरोकारका विषयमा नीति‚ कार्यक्रम र योजना तर्जुमा प्रक्रियामा विश्वविद्यालयबाट उपलब्ध हुने विषयविज्ञ जनशक्तिलाई पनि संलग्न गरिनु फलदायी हुन्छ भन्ने मलाई लागेको छ ।

हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने देखिन्छ  । मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतिहरूको सामना गर्न सक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्दै  कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै अगाडि लैजान अति आवश्यक छ ।

यस विषयमा नेपाल सरकार र सरोकारवाला निकायहरूले समयमै  गम्भीरतापूर्वक विचार गर्दै मुलुकमा कानुन विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उन्नत बनाउन कानुन विश्वविद्यालयको अवधारणामा पनि पर्याप्त छलफल र बहस सुरु हुने मैले अपेक्षा लिएको छु  । सरकारले १५ आँै पञ्चवर्षीय योजनामा कानून विश्वविद्यालयको कार्ययोजना राखेकोमा स्रोत व्यवस्थापनमा समस्या हुँदैन भन्ने लाग्छ ।

अन्त्यमा, नेपालमा  कानुनी शिक्षा प्रदान गर्ने धरोहरको रूपमा रहेको  नेपाल ल क्याम्पसको उत्तरोत्तर प्रगतिको लागि शुभकामना  व्यक्त गर्दछु । यस क्याम्पसमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले न्याय र कानुनको क्षेत्रमा मुलुकलाई महत्वपूर्ण योगदान दिने विश्वाससहित तपाईंहरू सबैको उज्वल भविष्यको लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल असार १७ गते शुक्रबार ।