नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री तीर्थराज वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल असार १७ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता