गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत श्री ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल असार १३ गते सोमबार

(सागर आचार्य)

प्रवक्ता