मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
१. श्री जीवनराम श्रेष्ठ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२. श्री मेटमणि चौधरी मन्त्री सहरी विकास
३. श्री भवानी प्रसाद खापुङ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
४. श्री शेरबहादुर कुँवर मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

साथै सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूसमक्ष नवनियुक्त माननीय स्वास्थ्य तथा जनसङ्‍ख्‍या राज्यमन्त्री  श्री हिराचन्द्र के.सी. ज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०७९ साल असार १३ गते सोमबार

(सागर आचार्य)

प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुहुँदै । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूसमक्ष नवनियुक्त माननीय स्वास्थ्य तथा जनसङ्‍ख्‍या राज्यमन्त्री  श्री हिराचन्द्र के.सी. ज्यूले राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुहुँदै ।