गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल असार १७ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता