नेपाल पुस्तकालय संघको नेतृत्वमा आएका लाइब्रेरियनहरू तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित विज्ञहरूसँगको भेटघाटको अवसरमा गर्नुभएको सम्बोधन

नेपाल पुस्तकालय संघका अध्यक्ष‚ विभिन्न पुस्तकलायहरूका प्रतिनिधिहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ नेपाल पुस्तकालय संघको नेतृत्वमा आउनु भएका नेपालका विभिन्न पुस्तकालयहरूका प्रतिनिधि तथा पुस्तकालय विज्ञानका अनुभवी विज्ञहरूसँग हाम्रा पुस्तकालयहरूको वर्तमान अवस्था‚ यस क्षेत्रले भोग्नु परेका समस्या‚ चुनौति र भावी दिशाका बारेमा तपाईंहरूका विचार जान्न र सुन्न पाउँदा मलाई  खुसी लागेको छ । तपाईंहरूलाई म राष्ट्रपति कार्यालयमा हार्दिक स्वागत गर्दछु । आज यहाँहरूले राख्नुभएको विभिन्न जानकारीमुलक प्रस्तुतीका लागि समेत म तपाईंहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु  । पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो । तपाईंहरूले आज प्रस्तुत गर्नुभएको सन्दर्भले पनि बताएको छ- पुस्तकालय भन्नाले केवल पुस्तकहरूको भण्डार मात्र होइन  । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)‚ २०२२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)‚ २०२२ को शुभकामना सन्देश अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विश्‍वभर मनाउन थालिएको हो । यस वर्ष पनि ‘मानवताका लागि योग’ भन्ने मूल अभिप्रायका साथ यो दिवस मनाइँदैछ । नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्‍वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय हो । योग व्यक्तिको शारीरिक‚ मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को ५०औँ वार्षिकोत्सव को अवसरमा आयोजित ‘स्वर्ण महोत्सव उद्‍घाटन विशेष कार्यक्रम’मा गर्नुभएको सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री‚ प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू‚ प्रज्ञा प्रतिष्ठानका कुलपतिहरू‚ सांस्कृतिक संस्थानका अध्यक्ष एवं पदाधिकारीहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ उपस्थित भद्र महिला तथा सज्जन वृन्द । नेपाली नाटक‚ गीत‚ सङ्गीत र नृत्यकलाको संस्थागत विकास‚ संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले स्थापित सांस्कृतिक संस्थानको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस ‘स्वर्ण महोत्सव उद्‍घाटन विशेष कार्यक्रम’मा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । नेपाली लोकसंस्कृतिको संरक्षण र सम्वर्द्धनमा क्रियाशील सांस्कृतिक संस्थानले ५० वर्षको इतिहास बनाउनु आफैंमा गौरवको कुरा हो । यस सुखद् अवसरमा म सम्पूर्ण सांस्कृतिक संस्थान परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । कला र संस्कृति कुनैपनि Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आठौँ चुरे दिवसको अवसरमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति तथा नेपाली सेनाको श्री १ नं. वन तथा पर्यावरण सुरक्षा गणद्वारा संयुक्त रूपमा आयोजित वृक्षारोपण शुभारम्भ कार्यक्रम उद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय माननीय प्रदेश प्रमुख‚ माननीय वन तथा वातावरण मन्त्री‚ माननीय मुख्यमन्त्री‚ माननीय प्रतिनिधि सभाका सदस्य‚ प्रदेश सभाका सदस्यहरू‚ स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । आठौँ चुरे दिवसको अवसरमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति तथा नेपाली सेनाको श्री १ नं. वन तथा पर्यावरण सुरक्षा गणद्वारा संयुक्त रूपमा आयोजित ‘एक दिनमा दुई लाख विरुवा वृक्षारोपण’ गर्ने विशेष अभियानको शुभारम्भ गर्न पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ । निमन्त्रणाका लागि म राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिलाई धन्यवाद दिन चाहन्छु । साथै, यस अवसरमा आठौँ चुरे दिवसको शुभकामना पनि व्यक्त गर्दछु । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नेपाल Read More …

सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले लोक सेवा आयोगको ७२ औं वार्षिकोत्सव समारोहमा गर्नुभएको सम्बोधन

लोक सेवा आयोग स्थापनाको ७२औँ वार्षिकोत्सव मूल समारोहका अध्यक्ष तथा लोक सेवा आयोगका माननीय अध्यक्ष, लोक सेवा आयोगका माननीय सदस्यहरू, राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द ! लोक सेवा आयोगको ७२औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस समारोहमा सहभागी भई आयोगले हासिल गरेका उपलब्धि र मुलुकको विकासमा पुर्‍याएको योगदानबारे अन्तर्क्रिया गर्न पाउँदा मलाई खुसी  लागेको छ । देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगको रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनौट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवम् अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ । यसका साथै‚ लोक सेवा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले लायन्स क्लबद्वारा आयोजित सम्मान कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय परराष्ट्र मन्त्री‚ लायन्स क्लबका गभर्नर‚ लायन्स क्लबका पूर्व गभर्नरहरू‚ यहाँ उपस्थित राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । लायन्स क्लबद्वारा आफ्ना संस्थापक सदस्य तथा नेपालमा लायन्स क्लबको अभियान तथा समाजसेवा कार्यमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा सहभागी भई अग्रणी समाजसेवी व्यक्तित्वहरूसँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ । यहाँहरू सबैलाई म राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्न चाहन्छु । समाजसेवा, नेतृत्व विकास र भाईचारा सम्बन्धको विस्तार गर्ने मूल उद्देश्यसहित स्थापित लायन्स क्लबले आफ्नो निर्दिष्ट लक्ष्य हासिल गर्न निर्वाह गर्दै आएको भूमिकाको म सराहना गर्दछु । नेपालमा लायन्स क्लबहरूले स्वास्थ्य‚ शिक्षा‚ वातावरण संरक्षण‚ विपद् प्रभावितहरूका लागि राहत लगायतका Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जीवन विकास समाज‚ मोरङद्वारा आयोजित ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरण समारोह’मा गर्नुभएको सम्बोधन

जीवन विकास समाज‚ मोरङद्वारा स्थापना गरिएको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७’ वितरण समारोहमा सहभागी भएर सामाजिक सेवा तथा शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूसँग भेट गर्न पाउँदा मलाई खुसी लागेको छ । राष्ट्रपति कार्यालयमा म  यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु । प्रकृतिसँग सन्तुलन कायम गर्दै मानव जीवनलाई सुखी एवं समृद्ध बनाउने चेतनासहितको भौतिक निर्माण नै दिगो विकासको अवधारणा हो । मुलुकको सर्वाङ्गीण समृद्धिका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिन्छ । देशको सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि आवश्यक पर्ने असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति शैक्षिक संस्थाहरूले नै तयार गर्दछन् । हाम्रा प्राचीन ग्रन्थहरूमा उल्लेख भएको Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. चिलि H.E. Mr. Juan Rolando Angulo Monsalve गैरआवासीय २. जमैका H.E. Mr. Jason Keats Matthew Hall गैरआवासीय ३. इन्डोनेसीया H.E. Mr. Heru Hartanto Subolo गैरआवासीय ४. स्पेन H.E. Mr. Jose Maria Ridao Dominguez गैरआवासीय २०७९ साल जेठ २६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Juan Rolando Angulo Monsalve, Read More …

कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल जेठ २६ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता    

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सङ्गीत तथा नाट्य पुरस्कार समर्पण कार्यक्रम २०७९ मा गर्नु भएको सम्बोधन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको यस ‘पुरस्कार समर्पण कार्यक्रम’मा सहभागी भई सङ्गीत एवं नाट्य क्षेत्रका विशिष्ट साधक एवं विज्ञहरूसँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म आज पुरस्कृत हुनुहुने सङ्गीत एवं नाट्य क्षेत्रका साधकहरूलाई हार्दिक बधाई दिन चाहन्छु । र, तपाईंहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु । सङ्गीत तथा नाट्य कलाको संरक्षण, सम्बर्द्धन एवं विकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एकातिर हाम्रो मौलिक कलाको खोज र अनुसन्धान गर्ने दायित्व पाएको छ भने, अर्कोतिर अन्तर्राष्ट्रिय जगतमा विकास भैरहेका नयाँ संगीत र नाट्य शैलीको अध्ययन गरी नेपाली कला क्षेत्रलाई Read More …