सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश
कुमारी इन्द्रजात्रा पर्व, २०७७ को शुभकामना सन्देश वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीको रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी मूलत: काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा आराधनाका साथै नेवारी परिकार समयबजीको भोजन सहित हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता Read More …