सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि भारतका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल पुस ८ गते, मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि भारतका राजदूत महामहिम Manjeev Singh Puri ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा भारत र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल पुस ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री चोलेन्द्र शमसेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस २ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री उदयराज पाण्डे मलेसिया ब्रुनाई दारुसलाम 2. श्री गणेशप्रसाद ढकाल थाइल्याण्ड क्याम्बोडिया, लाओस र भियतनाम 3. श्री अमृतबहादुर राई संयुक्त राष्ट्रसंघ, न्यूयोर्क इक्वेडर 4. श्री भृगु ढुङ्गाना क्यानडा क्यूवा     (केशव प्रसाद घिमिरे)  सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाटसंघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७६ साल मङ्‌सिर २४ गते मङ्गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ साल पुस ४ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तबाट उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल मङ्‌सिर २२ गते, आइतबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाबाट राष्ट्रपति भवन, शीतलनिवासमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका आयुक्तहरु समेतको उपस्थिति थियो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद्का सदस्य श्री पदमप्रसाद वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम मिति २०७६/८/१८ गते न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा दिनु भएको छ ।    (हरि प्रसाद दाहाल)  प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल मङ्‌सिर १८ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १ संयुक्त अधिराज्य H.E. Ms. Nicola Kathryn Pollitt आवासीय २ गणतन्त्र लेबनान H.E. Mr. Rabie Narsh गैरआवासीय ३ गणतन्त्र इस्टोनिया H.E. Ms. Katrin Kivi गैरआवासीय ४ गणतन्त्र इराक H.E. Dr. Falah Abdulhasan Abdulsada गैरआवासीय (हरि प्रसाद दाहाल)   प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल मंसिर ५ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं. नाम, थर पदनाम कार्यविभाजन १ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन २ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास ३ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ५ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात ६ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन

आज मिति २०७६ साल मंसिर ४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १ श्री केपी शर्मा ओली प्रधानमन्त्री   २ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा ३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला ४ श्री रामबहादुर थापा मन्त्री गृह ५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र ६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ७ श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा Read More …