सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तबाट उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल मङ्‌सिर २२ गते, आइतबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाबाट राष्ट्रपति भवन, शीतलनिवासमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका आयुक्तहरु समेतको उपस्थिति थियो ।

   (हरि प्रसाद दाहाल)

  प्रवक्ता