सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल मङ्‌सिर १८ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
संयुक्त अधिराज्य H.E. Ms. Nicola Kathryn Pollitt आवासीय
गणतन्त्र लेबनान H.E. Mr. Rabie Narsh गैरआवासीय
गणतन्त्र इस्टोनिया H.E. Ms. Katrin Kivi गैरआवासीय
गणतन्त्र इराक H.E. Dr. Falah Abdulhasan Abdulsada गैरआवासीय

(हरि प्रसाद दाहाल)

  प्रवक्ता