सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री विष्णुमाया ओझाज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मधेशी आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्तज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।    (हरि प्रसाद दाहाल)  प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू र बंगलादेशका महामहिम राष्ट्रपतिबीच भेटवार्ता

आज मिति २०७६ साल कात्तिक २७ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र नेपालको औपचारिक सद्‍भावना भ्रमणमा रहनुभएका मित्रराष्ट्र जन गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हामिदबीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,  आपसी हित र साझा चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा विस्तृत कुराकानी भयो । उक्त अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, माननीय परराष्ट्र मन्त्रीज्यू, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूलगायत नेपाल सरकार तथा बंगलादेश सरकारका उच्चपदस्थ अधिकारीहरू  समेतको उपस्थिति रहेको  थियो ।  (हरि प्रसाद दहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल कात्तिक २५ गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1 प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का H.E. Ms. Himalee Subhashini de Silva Arunatilaka आवासीय 2 गणतन्त्र अर्जेन्टिना H.E. Mr. Daniel Chuburu गैरआवासीय 3 प्रजातान्त्रिक जनगणतन्त्र लाओस H.E. Mr. Bounneme Chounghom गैरआवासीय 4 बहराइन अधिराज्य H.E. Mr. Abdulrahman Mohamed Ahmed Al Gaoud गैरआवासीय (हरि प्रसाद Read More …

थारु आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थारु आयोगका माननीय अध्यक्ष श्री बिष्णुप्रसाद चौधरीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४  बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

संयुक्त अधिराज्यका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन   सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका राजदूत H.E. Richard Charles Morris ले राष्ट्रपति भवन, शीतलनिवासमा विदाई भेट गर्नुभयो । सो अवसरमा संयुक्त अधिराज्य र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा नेपालस्थित संयुक्त अधिराज्यको राजदूतावासका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।    (हरि प्रसाद दहाल)   प्रवक्ता

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष  लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७५/०७६ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको साठीऔं वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालय एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

आज मिति २०७६ साल कात्तिक १9 गते, मंगलबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरुले देहाय बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो । क्र.सं. नामथर प्रदेश १ श्री सोमनाथ अधिकारी ‘प्यासी’, कास्की १ २ श्री तिलक परियार, बाँके २ ३ श्री विष्णु प्रसाद प्रसाई, झापा ३ ४ श्री अमिक शेरचन, चितवन गण्डकी प्रदेश ५ श्री धर्मनाथ यादव, सिराहा ५ ६ श्री गोविन्दप्रसाद कलौनी, वैतडी कर्णाली प्रदेश ७ श्री सर्मीला कुमारी पन्त, चितवन सुदुर पश्चिम प्रदेश    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिबाट प्रदेश प्रमुख पदमा नियुक्त

आज मिति २०७६ साल कात्तिक १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छः क्र.सं. नामथर प्रदेश १ श्री सोमनाथ अधिकारी ‘प्यासी’, कास्की १ २ श्री तिलक परियार, बाँके २ ३ श्री विष्णु प्रसाद प्रसाई, झापा ३ ४ श्री अमिक शेरचन, चितवन गण्डकी प्रदेश ५ श्री धर्मनाथ यादव, सिराहा ५ ६ श्री गोविन्दप्रसाद कलौनी, वैतडी कर्णाली प्रदेश ७ श्री सर्मीला कुमारी पन्त, चितवन सुदुर पश्चिम प्रदेश    (हरि प्रसाद दाहाल)   प्रवक्ता