संयुक्त अधिराज्यका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन   सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका राजदूत H.E. Richard Charles Morris ले राष्ट्रपति भवन, शीतलनिवासमा विदाई भेट गर्नुभयो । सो अवसरमा संयुक्त अधिराज्य र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा नेपालस्थित संयुक्त अधिराज्यको राजदूतावासका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

   (हरि प्रसाद दहाल)

  प्रवक्ता