वसन्त श्रवण समारोह, २०८२

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभयो । सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले सम्माननीय राष्ट्रपतिजयूलाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । सो समारोहमा प्रथम महिला सबिता पौडेलज्यू, सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवज्यू, सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण दाहालज्यू, माननीय मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

सम्माननीय राष्ट्रपतिज्यूद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्‍ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।

प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले अन्तरिम सरकार गठन भयो

काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले  भन्नुभयो – ‘यो संविधानले नेपाली जनतालाई सर्वभौसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदायका जनतालाई Read More …

इन्द्र जात्रा अवलोकन

काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा सम्माननीय राष्ट्रपतिज्यू जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गर्नुभएको हो । सो अवसरमा उहाँलाई काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र साहले स्वागत गर्नुभएको थियो । जात्राका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । जात्रा अवलोकन गर्न सम्माननीय उपराष्ट्रपति Read More …

हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ

ललितपुर । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूले  सेन्ट मेरीज माध्यमिक विद्यालय जावलाखेलको ७० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ”, सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो । देशमा उत्पादन, रोजगारी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासप्रति केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले निश्चय नै शिक्षा अन्तस्करणको चेतना जागृत गर्ने माध्यम मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको अचुक अस्त्र पनि हो र यसले आलोचनात्मक चेतको विकास Read More …

नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान,  पहिचान र वैभव हुन्

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ का अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा हामी सबै क्रियाशील हुनुपर्ने बताउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो– ‘लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेशाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, यही शासन प्रणालीमा प्राप्त Read More …

देशको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य छ

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले  मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको बताउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले  भन्नुभयो–‘संसारको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’ सम्माननीय राष्ट्रपतिज्यूले  नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक Read More …

समृद्धिको बाधक बनेको बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहामा चुस्तता पहिलो शर्त

सङ्खुवासभा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठ्यक्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभएको छ  । मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । “गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले शिक्षा समृद्धिको आधार हो Read More …

जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई मिलेर पार लगाऔं

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जलवायु  परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहेपनि हाम्रो यो जीवनयापनको आधार आज संकटमा परेको पनि बताउनुभयो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्धारा  सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले सो धारणा व्यक्त गर्नुभएको हो । “हाम्रा यस क्षेत्रको हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, वा कृषि योग्य भूमिको उर्वरताले यहाँका Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट कृष्ण मन्दिरको दर्शन

ललितपुर । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गर्नुभएको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाकालागि  सम्माननीय राष्ट्रपतिज्यू प्रथम महिला  सविता पौडेलसहित पाटनस्थित् कृष्ण मन्दिर पुग्नुभएको थियो । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । सम्माननीय राष्ट्रपतिज्यूलाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, जिल्लास्थित सुरक्षा प्रमुखलगायतले स्वागत गर्नुभएको थियो ।  किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो Read More …