खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हुन्:

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी रहेको बताउनुभएको छ । उहाँले यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पार्नुभयो । दशरथ रंगशालामा बुधबार आयोजित पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हो, यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन्, त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेलसामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनुपर्दछ ।” शिक्षा र खेलकुदबीच निकट सम्बन्ध Read More …

सम्माननीय राष्ट्रपति पौडेलज्यू नेपाल आदर्श मा.वि. को हीरक महोत्सवमा सरिक

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ हाम्रो पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउन Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ १८ गते आइतबार अपरान्ह अवलोकन गर्नुभयो । ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उहाँले प्रथम महिला सबिता पौडेलसहित सो जात्रा अवलोकन गर्नुभएको थियो । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने सम्माननीय राष्ट्रपति पौडेलज्यूले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभएको थियो । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ । त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ Read More …

सम्माननीय राष्ट्रपतिज्यू गणतन्त्र दिवस मूल समारोहमा सरिक

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रथम महिला सविता पौडेलसहित गणतन्त्र दिवस २०८२ मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा यही जेठ १५ गते  आयोजित विशेष समारोहमा  सरिक हुनुभयो । उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रिय गान, झण्डोत्तोलन गरिनुका साथै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । साथै विविध साँस्कृतिक झाँकी प्रदर्शन र सुरक्षा निकायबाट मार्चपास प्रस्तुत भएको थियो ।

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू थप उपचारको लागि भारत प्रस्थान

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल आज बिहान १०:०० बजे श्री एयरलाईन्सको विमानबाट दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचारको लागि प्रस्थान गर्नुभएको छ । नेपालको त्रि. वि. शिक्षण अस्पताल र एम्स अस्पतालका चिकित्सकहरूको बीचमा परामर्श हुँदा  उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि त्यहीँ जान उपयुक्त हुने राय आएपछि भारतको एम्स अस्पताल जानुभएको हो । सम्माननीय राष्ट्रपतिज्यूको उक्त अस्पतालमा उपचार शुरू भैसकेको छ  ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनु भएको छ । काठमाडौँ स्थित बेलायती राजदुतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले निम्न अनुसारको सन्देश दिनुभएको छ – ‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनबाट मलाई अत्यन्तै दु:ख लागेको छ । नेपाली जनता‚ नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु । शोकको यस दु:खद् घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईँहरूसँग रहेको छ । Read More …

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू रक्षाबन्धनका अवसरमा आयोजित विविध कार्यक्रमहरूमा सरिक

श्रावण २७ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज राष्ट्रपति भवन‚ महाराजगञ्जमा आयोजित विविध कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो । महत्वपूर्ण सांस्कृतिक पर्वको उक्त अवसरमा राष्ट्रपतिले वैदिक विधिअनुरूप पं. खेमचन्द्र ढकालबाट रक्षा बन्धन ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित अर्को कार्यक्रममा  सम्माननीय राष्ट्रपतिज्यूले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद समेत ग्रहण गर्नुभएको छ । श्रावणीकर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहे बमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको Read More …

महिला हिंसा निर्मूल गर्न राष्ट्रपतिको अग्रसरता

काठमाडौँ, २ चैत्र २०७८ राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले समाजमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा उन्मुलन गर्न कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सचेतना बढाउन सबै सरोकारवाला पक्षले बलियो सहकार्य गर्नुपर्ने कुरा औँल्याउनु भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न राष्ट्रिय राजनीतिक दलसँग आबद्ध सांसदहरू‚ राष्ट्रिय महिला आयोगका पदाधिकारी‚ कानुनविद‚ समाजशास्त्री‚ मनोविश्लेषक‚ सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र बलात्कार जस्ता अपराधको रोकथाम र न्यूनीकरण गर्न राज्यका निकायहरूले समाजसँग प्रत्यक्ष हातेमालो गर्दै अगाडि बढ्नु पर्ने विषयमा जोड दिनुभयो । ‘आपरधिक घटनाहरूका बारेमा सुन्दा र पढ्दा स्तब्ध हुने अवस्था छ’‚ राष्ट्रपतिले भन्नुभयो‚ Read More …

जलवायु परिवर्तनमा आजको पुस्ताले गल्ती गरेको खण्डमा भावी पुस्ताले असर भोग्नु पर्छ: राष्ट्रपति

भाद्र १७ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विहिबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई ‘मानवताका लागि खतराको संकेत’ रूपमा लिइएको सन्दर्भ र आगामी नोभेम्बर १ देखि १२ तारिख सम्म वेलायतमा सम्पन्न हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालजस्ता हिमाली मुलुकले उठाउनु पर्ने मुद्दाको विषयमा विज्ञहरूबाट जानकारी लिनुभयो । विज्ञहरूलाई सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले जलवायु परिवर्तनको विषय हाम्रो उच्च राष्ट्रिय प्राथमिकतामा रहनु पर्ने मुद्दा भएकोमा जोड दिनु भयो । “जलवायु परिवर्तनको सन्दर्भमा वर्तमान पुस्ताले कमजोरी गरेको खण्डमा भावी पुस्ताले यसको असर Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जलवायु परिवर्तनको जोखिम घटाउन नविकरणीय ऊर्जामा जोड

भदौ ११ गते‚ काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको उल्लेख गर्दै प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानु पर्नेमा जोड दिनुभएको छ । जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिज्यूले नेपाल आफैं जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभएतापनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको स्पष्ट पार्नुभएको हो  । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट कोषले गर्दै आएका वन्यजन्तु संरक्षणसम्बन्धी नियमित गतिविधि तथा विश्वव्यापी जलवायु परिवर्तनको अवस्थाबारे अन्तरसरकारी समिति Read More …