विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमनचयन कायम हुन्छ :
काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताउनुभएको छ । नेपाल कानून व्यवसायी परिषद्को ३२ औं स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरालाई बिर्सन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।’ सम्माननीय राष्ट्रपतिज्यूले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भएपनि कानून व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक Read More …

