सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोग ऐन, २०७४ को दफा २१ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व¸ २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व¸ २०७७ को शुभकामना सन्देश छठ पर्व, २०७७ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्‍चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य  दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजा-अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्‍न गर्नाले मनोवाञ्छित फल पाइने, समाज Read More …

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू छठ पर्वको अवसरमा गुह्येश्वरी-गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त कार्यक्रमहरूमा सरिक हुन नसक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७७ साल मङ्‌सिर ४ गते, बिहिबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल संवत् ११४१” को अवसरमा दिनुभएको शुभकामना सन्देश

“नेपाल संवत् ११४१” को शुभकामना सन्देश ‘नेपाल संवत् ११४१’ प्रारम्भ भएको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा विशेष रूपमा मनाउने गरिन्छ । लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७७” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “तिहार पर्व, २०७७” को शुभकामना सन्देश नेपालीहरूको महान् चाड तिहार, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । काग तिहारको दिनबाट सुरू भएर क्रमश: कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, ‍गोरु तिहार एवं गोवर्द्धन पूजा र भाइटीकासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्‍चक पनि भनिन्छ । तिहारमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका पशुपंक्षी, धन–ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मी¸अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेन जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने फाल्गुनन्द जयन्तीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा विभिन्‍न कार्यक्रम आयोजना गरी हरेक वर्ष कार्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्को रूपमा पनि लिन सकिन्छ । Read More …

नवनियुक्त राजदूतज्यूहरूबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७७ साल कात्तिक १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रपतिको कार्यालयमा एक विशेष समारोहका बीच नवनियुक्त राजदूतज्यूहरू श्री गेहेन्द्र राजभण्डारी, श्री तापस अधिकारी र श्री रामकाजी खड्काले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ को शुभकामना सन्देश नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्त्वमाथि मानवताको विजयको प्रतीकको रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गर्ने गरिन्छ । विजया दशमीको दिन भगवतीले सत्य हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशिर्वाद ग्रहण गरिन्छ । यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, Read More …

कार्यक्रमहरू नहुने सम्बन्धी प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्‍न शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता