सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमुख आयुक्त र महालेखापरीक्षक पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्त पदमा कार्यरत श्री दीप बस्न्यात, उदयपुरलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा र संवैधानिक परिषद्को सिफारिसमा टंकमणि शर्मा (दंगाल), इटहरी-२, सुनसरीलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ । आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सर्वोच्च अदालतका सम्माननीय कायममुकाय प्रधान न्यायाधीश गोपाल पराजुलीसमक्ष नवनियुक्त प्रमुख आयुक्तज्यू तथा नवनियुक्त महालेखापरीक्षकज्यूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट व्यवस्थापिका-संसदको अधिवेशन आह्वान

आज मिति २०७४ साल जेठ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा सम्वत् २०७४ साल जेठ ८ गते सोमबारका दिन १३.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा वस्ने गरी व्यवस्थापिका-संसदको अधिवेशन आह्वान गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हंसपुर कठपुल्ला-९, धनुषा निवासी श्री महेन्द्र प्रसाद सिंह राजपुतलाई साउदी अरेवियाका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलखर्क-५, संखुवासभा निवासी श्री लक्की शेर्पालाई अष्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको

आज मिति २०७४ साल जेठ ३ गते बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको अलास्का, US PACOM तथा USARPAC को भ्रमण र सो पश्चात हवाईको होनोलुलुमा सञ्चालन हुने The 2017 Land Forces of the Pacific (LANPAC) Conference मा सहभागी हुन मिति २०७४/०२/०३ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरी मिति २०७४/०२/१२ मा स्वदेश फर्कनु हुने भएकोले प्रधान सेनापतिको अनुपस्थिति अवधिभर सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाली सेनाका व्य.नं. ११८१ बलाधिकृत रथी बलदेवराज महतलाई कायममुकायम प्रधान सेनापति तोक्नु भएको छ। (केशव  प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूले स्थानीय तहको निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु । देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गते भित्र सम्पन्न हुनुपर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुट्‌किलो भएकोले यसको आफ्नै महत्व रहेको छ । साथै, यस निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराइ स्थायित्व र आर्थिक सम्बृद्धिको ढोका खोल्ने छ भन्ने मलाइ विश्वास छ । लामो समयपछि हुन गइरहेको यो स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख २९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि नेपाली राजदूत पदमा कार्यरत श्री ताराप्रसाद पोखरेललाई चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र पौवागढी-८, बझाङ्ग निवासी श्री अर्जुन जङ्ग बहादुर सिंहलाई गणतन्त्र दक्षिण कोरियाका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख २८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई हंगेरीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र कुर्घा-३, पर्वत निवासी श्री युवनाथ लम्साललाई डेनमार्कका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशवप्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल बैशाख २६ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयका सम्बन्धमा आर्थिक वर्ष २०७२/०७३ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नुभयो ।   (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

उभौली पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरुको  पवित्र एवं महान उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताका बिचमा अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किराँतहरुको उभौली पर्वले नेपालीहरुवीच आपसी सद्‌भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले आशा लिएको छु । संघीय लोकतान्त्रिक संविधानको माध्यमवाट आर्थिक र सामाजिक रुपान्तरण गरी दिगो शान्ति कायम गर्ने दिशामा अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता Read More …