सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल बैशाख २६ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयका सम्बन्धमा आर्थिक वर्ष २०७२/०७३ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नुभयो ।

 

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता